गाेरखा- गोरखाको धार्चे गाउँपालिका-४, लाप्राकमा छुरी प्रहार भएकाे छ । स्थानिय भूमे मण्डी सामुदायिक वनका अध्यक्ष डिल बहादुर गुरुङ गम्भिर घाइते भएका हुन् ।
गाउँबाट नमुना बस्ती हेर्न पुगेका स्थानीय रामचन्द्र गुरुङले वनका अध्यक्ष गुरुङलार्इ छुरी प्रहार गरेका हुन् । स्थानीय यमकुमारी गुरुङका अनुसार घाइते गुरुङको ढाडमा चोट लागेको छ ।
‘डिलमान दाई नमुना बस्ती हेर्न भनेर गएको रहेछ’ उनले भनिन् ‘रामचन्द्रसँग त्यहिँ भेट भएछ । कुनै कुरै हुन नपाई एक्कासी आएर छुरी हानेछ । पहिले कुनै रिसिबी पनि थिएन भन्छ । किन हानेको थाहै छैन ।’
घाइते गुरुङको ढाडमा स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । सात वटा टाँका लगाइएको स्वास्थ्यचौकीले जनाएको छ ।
रक्सी पिएका रामचन्द्रलाई लाप्राक नमुना बस्ती निर्माणमा खटिएको नेपाली सेनाको निर्माण दलले नियन्त्रणमा लिएर क्याम्प भित्र राखेको छ । घाइते गुरुङलाई भने थप उपचारको लागि गोरखा सदरमुकाम ल्याउने तयारी गरेको यमकुमारीले जानकारी दिईन् ।