गोरखा- गाेरखामा जलस्रोत तथा सिंचाई बिकास डिभिजनको कार्यालय उदघाट्न भएकाे छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्रि रामशरण बस्नेतले गोरखा सदरमुकाममा रहेको प्रदेश स्तरीय जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयको आईतबार एक कार्यक्रम बिच उदघाट्न गरेका हुन् ।
कार्यालयको मन्त्रि बस्नेत र प्रदेश सासद मन कुमारी गुरुङ्गले संयुक्त रुपमा ब्यानर तानेर उदघाट्न गरेका थिए । कार्यालयको उदघाट्न गर्दै मन्त्रि बस्नेतलले कार्यालय स्थापना संगै अब प्रदेश स्तरको बिकास कार्यक्रम सञ्चालनमा सहजता आउने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख असोक कुमार गुरुङ्ग र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको समेत उपस्थिती रहेको थियो ।
प्रदेश स्तरको ७ कार्यालय गोरखा रहेको मध्ये जिल्ला स्वास्थ्य, पशु, कृषि, बन कार्यालयको यस अघि नै कार्यालय स्थापना गरी कार्य सञ्चालन हुदै आएको छ । शिक्षा र खानेपानीको भने कार्यालय स्थापना हुन बाँकी नै रहेको छ ।