गाेरखा- गाेरखाली गायक गाैतम शेर्पाकाे निकै नै मार्मिक गित बजारमा अाएकाे छ । शेर्पाकाे मार्मिक लोकदोहोरी गीत ‘मुना मदन’ बजारमा आएको हाे।
उक्त गितमा गायक शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ । मायालु जोडिको दुखद पल, पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ ।
विभिन्न बाध्यताले आफनी प्रेमीकाबाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो ।
गीतको भाव अनुसारको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छन । मुकेश हुमाँगाईले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन । गीतको भिडियोमा मोडल सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ । गितलार्इ प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएकाे हाे ।