+
Search

ताजा अपडेट +

पपुलर +

खानेपानीको समस्या सुल्झाउन नयाँ योजना

पालिका लाइभ
२०७५ भाद्र २५, सोमबार १९:५५ गते

काठमाडाैँ- खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ ।

खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो । मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदाय तथा क्षेत्रहरुको विवरण संकलन गरी त्यसको आधारमा नयाँ योजनाहरु बनाउने तयारी गरेको छ ।

खानेपानी मन्त्री बिना मगरले यो विवरण संकलन गर्नुको उद्देश्य खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउनु नै रहेको बतार्इन् ।

‘कस्ता कस्ता ठाउँहरुमा खानेपानीको समस्या रहेछ त्यो कुरा थाहा पाउनु पर्ने अत्यन्तै जरुरी छ । खानेपानी लिन विशेष गरी गृहिणी महिलाहरु घण्टौ घण्टा सम्म हिंड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो । यसको आधारमा हामी नयाँ योजनाहरु बनाउँछौं ।’ उनले भनिन् ।

एक हप्ता भित्र विवरण पठाउन मन्त्रालयले देशै भरिका घर परिवार, सामाजिक संघ संस्था र स्थानीय तहहरुलाई अनुरोध गरेको छ । खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्बरमा निशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ