गाेरखा- उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं जाँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा फेला परेको छ। हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। जीवित महिलाकाे नाम अानी डाेल्मा डिकी रहेकाे बताइएकाे छ।
नुवाकोट जिल्ला पुरानाे बेत्रावती वडा नम्बर ३ बागबर्माखेतमा हेलिकोप्टर भेटिएको हो। हेलिकप्टर भेटिएकाे खबरलाइ अल्टिच्युड एयरका फुर्वा शेर्पाले पुष्टि गरे।
अल्टिच्युड एयरका प्रतिनिधि दुर्घटनास्थल पुगेका विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन्। ‘हेलिकोप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु सवार थिए। एक जना महिला घाइते अवस्थामा भेटिएकी छिन्’ प्रवक्ता तिवारीले भने।
स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।
दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।
अानी डाेल्मालाई ललितपुरकाे मेडिसिटी अस्पताल ल्याउने तयारी
नुवाकोट बेत्रावती वडा नम्बर ३ बागबर्मा खेतमा हेलिकाेप्टर दुर्घटनामा परी घाइते भएकी अानी डाेल्मालाई ललितपुरकाे मेडिसिटी अस्पताल ल्याउने तयारी गरिएकाे छ।
साेही दुर्घटनामा परी हेलिकाेप्टरमा सवार अन्य ६ यात्रुकाे मृत्यु भएकाे थियाे। दुर्घटनामा पर्ने उनी एकमात्र जीवित हुन्। गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने उनकाे उद्धार गरिएको हाे।