गाेरखा- इन्टरनेटको सहज पहुँचका लागि धार्चे गाउँपालिकाले वडाहरुमा वाईफाई जडान शुरु गरेको छ । गाउँपालिकाले छुट्टाएको २३ लाखको बजेटबाट लाप्राक, माछीखोला, उहिया, हुल्चोक र रुन्चेतमा वाईफाई जडान गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले बताए ।
दुर्गम भेगमा इन्टरनेटको पहुँच नहुँदा जनताले सास्ती खेप्नु परेकाले वाईफाई जडान गरिएको गुरुङले बताए । गाउँपालिकाको बजेटले इन्टरनेटको पहुचँ नभएका लाप्राक, गुम्दाको माछीखोला, केरौजाको हुल्चोक, रुन्चेत र उहियामा वाईफाई जडान गरिएको उनले बताए ।
गाउँपालिकाले साउन महिनामा वाईफाई जडान गरेको थियो । ‘गाउँमा कसैको आवश्यक कागजात पठाउनु परेमा एकदिन हिडेर जानुपथ्र्यो, इन्टरनेट विना कुनै काम नै हुदैन रहेछ,’ उनले भने । अनलाईन मार्फत नै आफ्नो डकुमेन्ट सटिफिकेटहरु पठाउन सजिलो होस भनेर वाईफाई जडान गरिएको उनले बताए ।
वाईफाई जडान भए पछि पर्यटकहरुको बसाईलाई लम्वाउन सहयोग पुग्ने विश्वास लिइएको छ । लाप्राक र केरौजामा एक प्रयोगकर्ता एक पासपोर्ड प्रणाली लागु गरिएको वाईफाईका टेक्निकल सुर्य सुवेदीले जानकारी दिए । उहिया माछीखोला भने वडामा मात्र वाइफाइ सेवा विस्तार गरिएको सुवेदीले बताए ।
‘अव केहि दिनमै गाउँगाउँमा पु¥याउँछौ,’ उनले भने । लाप्राकका प्रयोगकर्ताले इन्टरनेट सेवा उपभोग गरे वापत प्रति व्यक्ति मासिक ६ सय तिर्नुपर्छ । गाउँमै इन्टरनेटको सेवा दिन पाउँदा आफु सन्तुष्ट रहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । पहिले इन्टरनेट सेवा के हो र कस्तो हुन्छ भन्ने लागेका धार्चेका स्थानीय बासिन्दालाई अहिले भने सहजै इन्टरनेटबाट खबर बुझ्न र केही महत्वपूर्ण जानकारीका लागि सजिलो माध्यम बनेको छ ।
गाउँमा पछिल्लो समय मोबाइलबाट इन्टरनेट सन्चालन हुन थालेपछि कहाँ के भयो भन्ने बारेमा समयमै जानकारी हुने गरेको लाप्राकका सिर्जन गुरुङ बताउछन् । उनका अनुसार गाउँमा देश विदेशको खबर बुझ्न रेडियोले दिनमा चार÷पाँच पटक समाचार दिने गरेको भए पनि विद्युत अवरुद्घ हुदा समस्या पर्ने गरेको उनले बताए । विहान बेलुकामा खबर थाहा पाउन भने इन्टरनेट नै सजिलो भएको उनको दावी छ ।
महाविर पुनको प्रोजेक्टले डेढ वर्ष अगाडि काशीगाउँ, लापुबेशी खानीगाउँ, गुम्दा, लाप्राक लप्सीबोट, खोर्ला, काशीगाउँहरुमा स्कुलहरुमा वाईफाई जडान गरिसकेको सुवेदीले बताए । अनलाइनगाेरखा