काठमाडौं– एसिया कप छनोटको पहिलो खेलमा नेपालले लज्जापद हार बेहोरेको छ। एक दिवसिय मान्यताप्राप्त नेपाललाई ओमानले ७ विकेटले पराजित गर्यो।
टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियाे। ४८ ओभरमा ३ विवेट गुमाएर ओमानले लक्ष्य भेटेको हो। नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके। ओमानका दुई ब्याट्सम्यान रनआउट भएका थिए।
कमजोर टिम मानिएको ओमानले नेपाललाई सहज रुपमा पराजित गरेपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना न्यून भएको छ। अब बाँकी चारै वटा खेल जितेपनि नेपाल अन्य देशको नतिजामा भर पर्नुपर्ने हुन्छ।
बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए । त्यसअघि टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो । सागर पुनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । ओमानका विलाल खान, मोहम्मद नदिम र अजय लालचेताले दुई÷दुई विकेट लिए ।