प्रत्येक दिनको भागदौडपूर्ण जिन्दगी र बढ्दो उमेरको प्रत्यक्ष प्रभाव हाम्रो सौन्दर्यमा पनि पर्न थाल्दछ । यसको करण समय अगाबै बूढो देखिनु स्वभाविक हो ।
यसपछि हामी बढि चिन्तित हुन थाल्दछौँ र विभिन्न उपायहरु अपनाउन थाल्दछौं । तर समय छदैं यस्ता कुराहरुमा ध्यान दिएमा सजिलैसँग हामी हाम्रो सौन्दर्यको ख्याल गर्न सक्छौं । महिनामा एक पटक पार्लर गएर मात्रै समस्या समधान हुँदैन । सौन्दर्यलाई जिवित बनाई राख्न केहि यस्ता घरेलु उपाय अपनाउन सकिन्छ जुन कम खर्चिलो र स्वस्थबर्धक पनि छन् । आउनुहोस् ती केहि तरिकाबारे चर्चा गरौँ :
ताजा फलको सेवन :
जब हामी फलको कुरा गछौँ तब हाम्रो मनमा केरा, आंप वा मौसमको नाम याद गर्दछौँ । हामी यो भुल्छौ अरु पनि त्यस्ता ताजा फल छन जुन सजिलैसँग प्राप्त गर्न सक्छौं । मैक्स अस्पतालको मुख्य आहार विशेषज्ञ ‘डा. रितिका सामद्दार’ को अनुसार, दिनमा एक फल खानु तपाइको छालाको लागि उत्तम छ ।
अमिलो फल :
अमिलो फल जस्तै नीबू, सुन्तला, कीनू आदिको सेवन अधिक मात्रामा गर्नुस् किनकि यी फलहरुमा भिटामिन सी हुन्छ । भिटामिन सी को सेवनले चाउरिपना आउँदैन ।
फरक फरक खाना :
मैक्स अस्पताल को मुख्य आहार विशेषज्ञ डा. रितिका सामद्दारको अनुसार फरक फरक स्वादको खानाले चाउरिपनालाई रोक्न मद्दत गर्दछ । फरक फरक रङको फल जस्तै ब्लूबेरी, ब्लैकबेरीज़, चेरी, लाल तथा बैंजनी रंगको अंगूर, बैंजनी बन्दा आदि सेवन गर्नाले चाउरिपनलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।
रेशादार फल:
एवोकैडो, अमरूद, खूबानी, अंजीर जस्ता फलहरुमा अत्यधिक मात्रामा रेशा हुन्छन् । यस्ता फलको नियमित सेवनले छालालाई सुन्दर र चम्किलो बनाउन मद्दत गर्दछ । यस्ता फल खाँदा बोक्रा समेत खानु पर्छ ।