सामान्य भनाइ छ, टकराव वा खटपट सम्बन्धको एक् पाटो हो । यसलाई हरेक सम्बन्धको एक अभिन्न अंगको रुपमा लिन सकिन्छ र भनिन्छ पनि दिगो र मजबुत सम्बन्धको लागि यस्तो हुनै पर्छ।
भनाइ नै छ – दुइ भाँडो एकै ठाँउमा राख्दा आबाज आँउछ वा संगै सुतदा गोडा लाग्छ । दुइ ब्यक्ति एकै ठाँउमा हुंदा सामन्य बिवाद हुनु स्वाभाविक हो । तर यस्ता सामान्य कुरा जब असामान्य बन्न थाल्छ तब तपाइको सम्बन्ध बिग्रदै छ भन्ने जाने हुन्छ ।
कति बेला तपाइको सम्बन्ध बिग्रदै छ भन्ने कुरा जान्नको लागि निम्न कुराहरुको बारेमा थाह गर्नु जरुरि छ ।
१) राति एक अर्को बिच कुनै संबाद वा कुराकानि हुदैन ।
२)एक अर्को बिच् कुनै वास्ता, फिक्रि वा गुनासो हुन छड्छ ।
३)एक अर्कोलाइ देखेर कुनै उत्साह, खुशि वा उमंग हुदैन ।
४)एक अर्कोसंग फोनमा कुनै कुरा हुदैन वा वार्तालाप् नै हुदैन वा समुन्नेमा हुदा पनि कुनै खुशि वा उत्साह हुदैन ।
५)साना साना कुरामा बिवाद शुरु हुन्छ र अक अर्कोलाई दोषारोपण गर्न आतुर हुन्छ ।
६)एक अर्कोलाई समय दिनु सट्टा टिभि हेरेर वा अन्य केहि गरेर समय बिताउन मन लाग्छ ।
७)अरु कसको बारेमा सोच्न थालिन्छ वा कसको याद आइहाले पनि गल्ति महशुस हुदैन ।
८)एक अर्काको हात समाउद कुनै अनुभुति नै हुदैन।
९)अरु कसक्को कुरा गर्न मात्र मन लाग्छ ।
यी र यस्तै लक्षणहरु तपाइले अनुभव गर्न थाल्नु भएको छ भने जान्नुस तपाइको सम्बन्ध बिग्रदैछ र तपाइ छिट्टै यो सम्बन्धबाट छुटकारा पाउन खोज्दै हुनुहुन्छ। यदि यस्तो हो भने अहिले नै सम्बन्धलाई सुधार्ने तर्फ लाग्नुहोस।