+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल आइडल’ की ‘काउली बुढी’

पालिका लाइभ
२०७५ भाद्र ११, सोमबार १६:३१ गते

नेपाल आइडल सिजन-२ को काठमाडौँ अडिसनमा निर्णायकहरुलाई नै चकित बनाइदिने ‘काउली बुढी’ उर्फ सन्ध्या बुढाको चर्चा यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। हाँस्यात्मक शैलीमा प्रस्तुत भएकी सन्ध्याको प्रतिभा देखेर संसारभरका नेपालीहरु नतमस्तक हुँदै प्रशंसामा उनको फोटो र भिडियो शेयर गरिरहेका छन्।

‘नेपाल आइडल’ को पहिलो चरणबाट नै चर्चा र प्रसंशा पाएकी ‘काउली बुढी’ उर्फ सन्ध्या बुढा को हुन् त?धेरैले उनको यो प्रतिभा अद्भुत र लुकेको कला भनेर प्रशंसा गरेका छन्। तर उनी एक्कासी लोकप्रिय भने भएकी होइनन्। उनलाई धेरैले लोक गायिका भनेर चिन्छन् भने केहीले कार्यक्रम सञ्चालिका। ‘काउली बुढी’ बनेर सन्ध्याले यसअघि नै यु ट्युबमा ‘काउली बुढी शो’ सञ्चालन गरिसकेकी छिन्।

सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या लोक गायिका हुन्। उनको आवजमा दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाईसकेकी छिन् भने केही गीतमा आफैले मोडलिङ समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिई सकेकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी हुन्।कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।

युट्युब कार्यक्रम निर्माणको क्रममा ‘काउली बुढी शो’ को कन्सेप्टबाट उनी युट्युबमा कार्यक्रम देखा परिन्। उनको शोलाई दर्शकले खुबै रुचाए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics