गोरखा – गाइजात्रा पर्वलाइ लक्षित गरी गोरखामा गाइजात्रा रमाइलो साँझ २०७५ तथा बिविध सांस्कृतिक कार्यक्रम भएको छ । लियो क्लब अफ गोरखा र कालिका सांस्कृतिक कला केन्द्र गोरखाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
शनिबार भएको कार्यक्रमको भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका हुन् । जिल्लामा रहेका अनाथ, असाहाय बिद्यार्थी तथा बालबालिकाको सहयोगार्थ कार्यक्रम गरिएको क्लबका अध्यक्ष यम बहादुर बसेलले बताएका छन् ।
कार्यक्रममा हास्यकलाकार दिनेश काफ्लेको हास्य प्रस्तुती सँगै राष्ट्रि लोक तथा दोहोरी कलाकार सँगै स्थानीय कलाकारको बिशेष प्रस्तुती रहको थियो ।
कार्यक्रममा भेषभुषा तथा लाखे प्रद्र्शन समेत भएको छ । कार्यक्रम हेर्नका लागी रु एक सय रुपैयाको टिकटको व्यवस्था गरिएको थियो ।