+
Search

ताजा अपडेट +

पपुलर +

गुमनाम ह्यारी लापुमा भेटिए

पालिका लाइभ
२०७२ चैत्र १३, शनिबार

गोरखा – बेलायती राजकुमार ह्यारी गोरखाको लापु–३ मा पुगेका छन् । सदरमुकाम बाट २० कोष टाढा सडक, बिजुली पनि नपुगेको ठाउँमा बेलायती राजकुमार देखिँदा स्थानीयवासीले विश्वास नै गरेका छैनन् ।

शुक्रवार मध्यान्ह स्थानीय प्रभात किरण माविको भवन बनाउन ह्यारीले काम गरेका थिए । पृथ्वी राजमार्गबाट गोरखाको आरुघाट हुँदै मनासलु पदर्मा पछ्याएर ह्यारी बिहीबार साँझ लापुवेसी पुगेका हुन् । उनलाई स्थानीय वासी र विद्यार्थीहरूले स्वागत गरे ।

‘गाउँलेलाई ब्रिटिस सेनाको प्रमुख आउने भनेर राम्रो स्वागत गर्न भनिएको थियो, हामीले स्वागत गर्‍यौँ अरूलाई नभन्नु भनेका छन्,’ एक स्थानीयले भने, ‘गाउँमा काम गर्न आएकाले केही नभन्नु भनेका छन् ।’ टोलीको बाहेक अरू नयाँ मान्छे आयो भने पनि सोधखोज गर्छन्,’ विद्यालयका एक शिक्षकले भने ।

१० गते थप टोली आएको र ११ गते राजकुमार ह्यारी आएको उनले बताए । बुढीगण्डकी नदीको काखको विद्यालय र जलविद्युत आयोजनाको काम गर्न जाँदा उनको सेनाको टोल अघि पछि लाग्ने गरेको छ । उनी झोलै बोकेर काम गर्ने गरेको एक शिक्षकले बताए ।

उनको भ्रमणलाई गोप्य राख्न भूकम्प पछि भत्किएको उक्त विद्यालय बनाउन जिल्ला शिक्षा कार्यालय साग अनुमति पनि लिइएको छैन । उनी हिँडेर गएको पदमार्ग भूकम्प पछि भत्किएर अस्थायी रूपमा हिँडडुलमा जोखिम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ