+
Search

ताजा अपडेट +

पपुलर +

आचारसंहिता मिचेर बनाइएका घरहरूका कारण सदरमुकामका बासिन्दा त्रासमा बस्न बाध्य

पालिका लाइभ
२०७२ चैत्र १०, बुधबार

गोरखा– सरकारले भूकम्प पछि घर संरचना निर्माण गर्दा भवन आचारसंहिताको कडाइका साथ पालना गराउने भने पनि गोरखा सदरमुकाममा अहिले पनि जथाभाबी रूपमा भवन संरचना निर्माण गर्ने क्रम रोकिएको छैन ।

गोरखा नगरपालिकाको नगरपालिका भित्र बन्ने भवन आचारसंहिता कडाइका साथ पालना गराउनु पर्ने दायित्व भए पनि त्यसको कार्यान्वयन भने खुकुलो देखिएको छ ।

गोरखा सदरमुकामको मुख्य सडक छेउछाउमै भवन आचारसंहिता विपरीतका भवन संरचना निर्माण भइरहेका छन् । तर नगरपालिकाले भने आचारसंहिता कार्यान्वयन गर्ने बताए पनि त्यसको खासै वास्ता गरेको नपाइएको स्थानीयबासीहरूले भनाई छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परि भत्किएका राजधानी सहित विभिन्न जिल्लामा बनेका पक्की भवनहरूले भवन आचारसंहिता पालना नगरेको पाइएको थियो ।

गोरखा नगरपालिकाले भवन आचारसंहिता कडाइका साथ पालना नगर्दा सदरमुकाममा जथाभाबी भवन बन्ने क्रम नरोकिएकाले वरपरका स्थानीयबासीहरू समेत त्रासमा परेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ