+
Search

ताजा अपडेट +

पपुलर +

तीन दिनसम्म घरको भान्सामा लगातार ढुंगाको वर्षा, स्थानिय मात्र हैन प्रहरी पनि आश्चर्यमा

पालिका लाइभ
२०७२ चैत्र ९, मंगलवार

गोरखा- जिल्लाको दोस्रो ठुलो व्यापारिक केन्द्र आरुघाट नजिकैको एक गाउँको एक घरमा लगातार ढुंगाको वर्षा भएपछि यति वेला स्थानीय बासिन्दा मात्रै नभएर घटनाको अनुसन्धान गर्न गएको प्रहरी पनि अचम्ममा परेको छ ।

आरुपोखरी-२ कुडुले स्थित रोशन बानियाँको घरमा चैत ६ गते साँझ ६/७ बजे देखि केही सामान र ढुंगा समेत आवाज सहित खसिरहेको प्रहरीले पुष्टि गरेको छ ।

६ गत्तेबाट ढुंगा बर्सने क्रम सुरु भएपछि स्थानीयले सुरुमा त कसैले बदमासी गर्‍यो होला भन्ने ठाने, घर वरपर खानतलासी गरे तर केही उपाय नलागेपछि ८ गते प्रहरीको पुगेका थिए । घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय आरूघाटका प्रहरी निरीक्षक रबीराज थपलियाका अनुसार सुरुमा घटनाको अनुसन्धानका लागि गएको टोलीले केही पत्तो लगाउन नसकेपछि उनी आफै टोली सहित त्यहाँ पुगे ।घर वरपर करिब दुई किलोमिटरसम्म कर्डन एन्ड सर्च गरे ।

‘घटनाबाट आफू निकै अचम्ममा परेको बत्ताउँदै थपलियाले भने , ‘लगातार ३ घण्टा घटना स्थलमा बसेँ, वर पर २ किलोमिटर सर्च गर्दा कुनै मानवीय गतिविधि देखिएँ तर लगातार ५ र १० मिनेटको अन्तरालमा टिनको छानोमा ढुंगा बर्सन्छ ,कहाँ बाट आयो देखिँदैन तर आवाज हित भान्सा कोठामा जम्मा हुन्छ ।’

“ढुंगा पत्ता लगाउन प्रहरी नै घरको छानोमा राखियो , प्रहरीलाई केही हुँदैन , आवाज आउँछ , भान्सामा ढुंगाको थपिन्छ । “प्रहरी निरीक्षक थपलियाले भने , “ ४ पाखे टिनको छानो भएको कटेरोमा १ पाखाको टिन प्रहरीले निकालिदिए पछि भने ढुंगा खस्ने क्रम रोकिएको छ ।”सो ठाउँमा गत वर्ष भूकम्पले घर भत्किएर टिनको छानो भएको कटेरो हाली रोशन बानियाँको परिवार , कृष्ण बानियाँ तथा आमा सिता बानियाँ बसोबास गर्दै आएका छन् ।

घर प्रहरी सहायक निरीक्षक कै हो । स्थानीयका अनुसार गत वैशाख ३ गते घरका मुली सिता बानियाँका पतिको निधन भएको थियो, उनी धामी झाँक्रीको काम गर्दथे । अलौकिक शक्ति रिसाएर नै त्यस्तो भएको भन्दै स्थानीय त्रसित भएका छन् । तर टिनको छानो भत्काएपछि भने कतैबाट पनि ढ्रुगा आएको छैन ।

घरभित्र ढुंगा मात्रै नभएर घरका सामान समेत खस्ने गरेको घरका सदस्यको दाबी छ , तर प्रहरीले भने ढुंगा मात्रै फेला परेको जनाएको छ । खाटमुनि राखेको साबुनको डल्लो,गिलास पनि खसेको उनीहरूले बत्ताएका छन् । लहरै तीन घर छन् ढुंगा खस्ने घर भने वीचमा छ , विचको घरको पनि भान्साकोमा मात्रै ढुंगा खस्नु आश्चर्य भएको प्रहरी निरीक्षक थपलियाले बताए ।’

अन्धविश्वास पत्याउने कुरो त भएन , तर कुनै भौगर्भिक कारणले यस्तो भएको हुनसक्छ , अनुसन्धान गर्न सके केही फेला पर्ला । थपलियाले भने । यसबारेमा आफूसङ धेरैले चासो राख्ने गरेको बत्ताउँदै थपलियाले आफूले माथिल्लो निकायमा लिखित रूपमा पठाउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ