गाेरखा- पश्चिमकाली खड्गदेवी मन्दिर संरक्षण एवं व्यवस्थापन समितिको आयोजनामा आजवाट गोरखा सदमुकामको उत्तर पश्चिममा १० औं पश्चिमकाली महोत्सव शुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्व तिमिल्सिनाको प्रमुख आतित्थ्यतामा सो महोत्सव शुरु भएको हो ।
आजवाट शूरु भएको सो महोत्सवमा कृषि प्रदर्शनी, धान मकै तरकारी माछा च्याउ लगायतको प्रर्दशनी, पाउँदुरे, भजन, लगायत साँस्कृतिक प्रर्दशनी, रोहँटेपिङको मज्जा आदि रहेको छ ।
प्रर्दशनीमा आज बिभिन्न ५ ओटा सटल बनाएर कृषि समाग्रीहरुको प्रर्दशनी गरिएको हो । भोलिसम्म चल्ने प्रर्दशनीको पहिलो दिन आज गोरखा वजार र आसपासका सयौं दर्शनार्थीहरुको उपस्थिति रहेको थियो ।