गाेरखा- पूर्व प्रधानमन्त्री डा वावुराम भट्टराईले गोरखा जिल्ला क्षेत्र नं १ को विकासको गुरुयोजना आज गोरखाको निर्माण व्यवसायी संघको कार्यकक्षमा सार्वजनिक गरेका छन्।
आगामी ३ वर्ष भित्र गोरखा क्षेत्र नं १ लाई मानव विकास सुचआँकमा राष्ट्यि औसतमा ल्याउने लक्षका साथ सो गुरुयोजना सार्वजनिक गरिएको हो ।
गरीवी, वेरोजगारी र सामाजिक वञ्चितीकरणलाई विद्यमान अवस्थाको आधारमा प्रतिवर्ष उल्लेख्य रुपमा घटउँदै जाने, कृषि तथा गैर कृषि क्षेत्रमा लगानी वृद्धि गर्ने, निर्वाचन क्षेत्र भित्रका प्राकृतिक श्रोतको अधिकतम् उपयोग गरि रोजगारीको अवसर श्रृजना गर्ने, पिछडिएका जाति दलित महिला उत्पिडित वर्गको आर्थिमक सामाजिक उत्थानमको लागि विशेष कार्यक्रम संचालन गर्ने, व्यवसायीक शिक्षा सर्वसुलभको लागि विशेष कार्यक्रम संचालन गर्ने, गोरखाको विशिष्ट ऐतिहासिक साँस्कृतिक सम्पदलाई राष्ट्यि र अन्ताराष्ट्यि पर्यटन सम्पदाको रुपमा विकास गर्ने, राष्ट्यि गौरवको योजना वुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजनाले यस क्षेत्रमा दीर्घकालिन रुपमा सृजना गर्ने विकासका प्रचुर अवसरहरुको अधिकतम् सदुयोपयोगका लागि प्रारम्भीक तयारी गर्ने उदेश्य राखेको छ ।
सो गुरुयोजनाले गोरखा क्षेत्र नं १ को घैरुङ्लाई नमुना गाउँको रुपमा विकास गर्ने योजना रहेको छ । सतप्रतिशत साक्षरता, सवै वालवालिकालाई स्कुल भर्ना, सवै घरमा धाराको शुद्ध खानेपानी र विजुलीवत्ती, सवै वालवालिकालाई पूर्ण खोप र लगभग सुन्य वालमृत्युदर र सवै वडामा मोटरवाटो, सवैघरमा टेलीफोन, ईन्टरनेट सुविधा, सवैलाई निःशल्क प्राथमिक सेवा तथा प्रत्येक वडामा खेलकुद मैदान आदि रहेका छन् ।
यस्तै गोरखा क्षेत्र नं १ सवैं घरमा धुवाँमुक्त चुलो, सवैको घरगोठमा पूर्ण सरसफाई, सवै गरीविको रेखाभन्दा भाथि, कृषि र पशुपालनमा आधुनिकीकरण,सवैको स्वास्थ्य , गैर जीवन विमा, सवै जेष्ठ नागरीक, एकल महिला अपाँगलाई सामाजिक सुरक्षा आदि पनि रहेका छन् । यस्तै पूर्ण महिला मुक्त क्षेत्र, छुवाछुतमुक्त क्षेत्र, जतिय भेदभाव मुक्त, लागुऔषध लगायत दुव्यशनमुक्त, आदि रहेका छन् ।
यसका लागि जनकराज जोशी, डा लक्ष्मी देवकोटा,ज्ञानेन्द्र कुमाल, डा लेखनाथ शर्मा, दुर्गा न्यौपाने, सिताराम अर्याल, ठाकुर देवकोटा, चित्रकुमार श्रेष्ठ, गोवर्धन श्रेष्ठ, गोपाल श्रेष्ठ, नरहरी ढकाल, वाशु रेग्मी, सागर पाण्डे, डा उत्तर वावु श्रेष्ठ र डा सुनिलवावु श्रेष्ठलाई विज्ञ टोली गठन गरिएको छ ।
जसको सल्लाहकारमा राजकुमार श्रेष्ठ, अमर तमु, विजय मल्ल, चुडामणी शर्मा कट्््टेल, वावुराम अर्याल र मोहनलाल श्रेष्ठलाई गोरखा जिल्लाको विकासको लागि सल्लाहकार समितिमा राखिएको छ । आगामी ३ महिनामा यो गुरुयोजनालाई सवै सरोकारवालाको छलफल गरि पूर्णता दिने सो कार्यक्रममा भट्टराईले जानाकारी दिए।