गाेरखा- उत्तरी गोरखाको अति दुर्गम सामागाउँ गाविसको मनासलु वेस क्याम्प नजिकै रहेको अति प्रसिद्ध विरेन्द्र ताल फुटेको छ । आज विहान करिब ८ वजेतिर सो ताल फुटेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हिउँ रहेको सो हिमताल फुट्दा मनासलु वेश क्याम्पमा जाने पदमार्गमा समेत वाधा परको छ । हिमनदी संगै वाफ निस्केर सो ठाउँको जनजीवन समेत त्रासदी फैलिएको छ । गोरखा सदरमुकाम देखि ५२ कोष उत्तरमा पर्ने सो ताल उत्तरी गोरखाको अति प्रसिद्ध ताल हो ।
मनासलु पदमार्गमा गएका पर्यटकहरुको रोजाईको सो ताल फुट्दा पर्यटन व्यवसायलाई समेत असर पर्ने जानाकारहरु वताउँछन् ।